मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनी ऊर्जा पूर्वाधारमा ३० दिन आक्रमण रोक्न पुटिन सहमत  

ekantipur.com · Tue Mar 18 18:53:56 GMT 2025

वासिङटन/मस्को — रुसले एक महिनासम्म युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसका लागि सहमत भएका हुन् ।

तर पुटिनले ३० दिने युद्धविरामको अवधिमा युक्रेनबाट थप सैन्य परिचालन वा हतियारको व्यवस्था गर्न नपाउने बताएका छन् । त्यस्तै, ट्रम्प र पुटिनबीच 'ब्ल्याक सी'मा सामान ढुवानीको सुरक्षाका विषयमा चाँडै वार्ता गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)