मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको महाधिवेशन जारी रहँदै चितवनबाट काठमाडौं फर्किए वरिष्ठ नेता बालेन शाह

aarthiknews.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन जारी रहेकै बेला प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार काठमाडौं फर्किएका छन्।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार शाह बिहान ११ः३१ बजेको उडानबाट काठमाडौं प्रस्थान गरेका हुन्। उनी गत असार ७ गते श्रीमती र छोरीसहित चितवन आएका थिए।

महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरेका शाह मंगलबार आयोजित बन्दसत्रमा पनि सहभागी भएका थिए। बन्दसत्रमा उनी पार्टी सभापति रवि लामिछानेको प्रस्तावक बनेका थिए। महाधिवेशनबाट शाह वरिष्ठ नेतामा निर्वाचित भएका छन्।

चितवन बसाइका क्रममा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र, चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गरेका थिए। उनी कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए। सोही स्थानबाट सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय