बजेटले साना किसानलाई उपेक्षा गरेको राष्ट्रिय कृषक समूह महासंघको निष्कर्ष
baahrakhari.com · Sun May 31 12:15:54 GMT 2026

काठमाडौं । राष्ट्रिय कृषक समूह महासंघ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमाथि आफ्नो १२ बुँदे समीक्षा सार्वजनिक गरेको छ । महासंघले बजेटले साना र सीमान्तकृत किसानका मुद्दाहरूलाई उचित सम्बोधन गर्न नसकेको बताएको छ । महासंघले करिब डेढ करोड गरिब, भूमिहीन र साना किसानका लागि बजेटमा ठोस कार्यक्रम नदेखिएको भन्दै टिप्पणी गरेको छ ।
"राज्य कृषि र खाद्य प्रणालीको मुख्य जिम्मेवारीबाट पन्छिन खोजेको देखियो । बजेटले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको आधार तयार गर्न सकेन," महासंघको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)