रेशम-रञ्जिता सम्बन्धमा नयाँ मोड, बहुविवाहको मुद्दा हाल्ने तयारीमा रञ्जिता
kalakarmi.com · Wed Sep 16 06:56:38 GMT 2026
काठमाडौं– पूर्वमन्त्री तथा राजनीतिकर्मी रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरीविरुद्ध कानुनी बाटो रोज्ने संकेत गरेपछि राजनीतिक वृत्तमा मात्रै होइन, उनको पारिवारिक सम्बन्धलाई लिएरसमेत विभिन्न चर्चा प्रारम्भ भएको छ । तर रञ्जिताले भने आफूले डिभोर्सका लागि नभई बहु–विवाहसम्बन्धी मुद्दा दर्ताको तयारी गरेको बताएकी छिन् ।
रञ्जिताले सामाजिक सञ्जालमा लेखेको पछिल्लो स्टाटसले उनको आगामी कदमबारे विभिन्न अड्कलबाजी प्रारम्भ भएको थियो । उनले कानुनले जे ठहर गर्छ त्यसको जिम्मेवारी लिनुपर्ने अवस्था आए त्यसबाट पछि नहट्ने संकेत गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)