मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यातायात व्यवसायी भारत भ्रमणमा

barnanmedia.com · Wed Jun 24 07:45:28 GMT 2026

आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका १६ जना यातायात व्यवसायी भारत प्रस्थान गरेका छन् ।

सार्वजनिक सवारीसाधनलाई वातावरणमैत्री बनाउने सरकारी योजनालाई साथ दिन र सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले उहाँहरू मङ्गलबार भारतको चेन्नइ प्रस्थान गर्नुभएको हो ।

भ्रमण दलले चेन्नइस्थित विद्युतीय सवारीसाधन निर्माता कम्पनी ‘स्वीच मोबिलिटी’द्वारा उत्पादित १२ मिटर लामो इलेक्ट्रिक बसको प्रत्यक्ष अवलोकन तथा प्राविधिक अनुसन्धान गर्ने भ्रमण दलका सदस्य सुनिल कुँवरले जानकारी दिनुभयो ।

पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष सुनिल कुँवरले भ्रमणबाट प्राप्त हुने प्राविधिक जानकारी र अनुभवले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।

“हाम्रो मुख्य उद्देश्य नेपालमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको विकल्पमा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने सम्भावनाको खोजी गर्नु हो”, उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)