लुम्बिनीमा भद्रगोल प्रशासनिक अराजकता, एक मन्त्रालय दुई सचिव
annapurnapost.com · Wed Sep 16 06:50:33 GMT 2026

दाङ : प्रशासनिक संरचना, विधि, नियम र कानुनतः एउटा निकायमा एक जना मात्रै प्रशासनिक नेतृत्व रहन्छ। तर, लुम्बिनी सरकारका निकायहरूमा यसको ठीकविपरीत गरिएको छ। प्रशानिक विधिमा अराजकता त भद्रगोल गर्दै एक मन्त्रालय २ सचिव बनाइएको छ।
सुशासन र सुधारका ठूलाठूला भाषण र तर्क गर्ने लुम्बिनी सरकारको नेतृत्वले प्रशासनिक सुधारको सट्टा संरचनामा अराजकता निर्माण गरेको अहिले कर्मचारीतन्त्रमा चर्चा हुन थालेको छ। लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय छन्। यसमा तीन मन्त्रालयमा दुई–दुई जना सचिवले जिम्मेवारी पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)