साहित्य सन्ध्या–मन पुरस्कारबाट सर्जक बाजुराली सम्मानित
nepallive.com · Sun Aug 18 06:31:21 UTC 2024

काठमाडौं- सन्ध्या–मन पुरस्कार तथा सम्मान–२०८० बाजुराका स्रष्टा विनोद बाजुराली सम्मानित भएका छन्। उनलाई गीत-संगीतका माध्यमबाट पुर्यासएको योगदानका लागि सम्मानित गरिएको हो।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले २०८० सालको साहित्य सन्ध्या सहभागिता पुस्कार तथा सम्मान प्रदान गरेका हुन्।
सो कार्यक्रममा साहित्य सन्ध्याले २०८० सालको ‘साहित्य सन्ध्या पुस्कार तथा सम्मान पुरस्कार’ मोरङ विराटनगरका स्रष्टा विवनारायण पण्डितलाई प्रदान गरेको छ ।
साहित्य सन्ध्या सहभागिता पुस्कार तथा सम्मान बालस्रष्टा सोइना दाहाललाई प्रदान गरे। साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान स्रष्टा सत्यदेवी खड्का, साहित्य सन्ध्या–हरिप्रसाद चापागाई नियात्रा पुरस्कार तथा सम्मान कृष्ण बजगाईलाई प्रदान गरिएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१
१२:१६
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)