रुरुक्षेत्रमा करिब ३१.९ किलोमिटर सडक निर्माण
gorkhapatraonline.com · Wed Sep 16 07:07:43 GMT 2026

रुरुक्षेत्र गाउँपालिकाका गत आर्थिक बर्षमा कच्ची, पक्की, ग्राभेल र स्तरोन्नती गरेर ३१.९ किलोमिटर सडकको काम भएको छ । जसमा ७.५ किलोमिटर नयाँ कच्ची, ६.५ किलोमिटर ग्राभेल, १.२ ढलान, ३.२ कालोपत्रे र १२.५ किलोमिटर स्तरोन्नती गरिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो ।
गत बर्षको बार्षिक समिक्षामा ज्ञवालीद्वारा प्रस्तुत प्रतिवेदनअनुसार करिव दुई करोड राजस्व सङ्कलन, एक घर एक धारा, कृषि र पशुपालनमा आत्मनिर्भरता, स्थानीय उत्पादनको बजारीकरण लगायतका काम भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)