‘सरकार गठनबारे उदास होइन, अब चिन्तन गरौं’
lokaantar.com · Tue Dec 27 00:19:00 GMT 2022
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसील नयाँ सरकार गठन पक्रियाबारे उदास हुन आवश्यक नरहेको बताएका छन् । उनले कांग्रेसका नेता कार्यकर्ताहरुलाई उदास नहुन सामाजिक सञ्जाल ट्वीटमार्फत आग्रह गरेका हुन् ।
अब चिन्ता होइन चिन्तन गरौं भन्दै नेता केसीले पार्टी पुनर्जागरणमामा लाग्न सबैमा आग्रह गरेका छन् । उनले लेखेका छन्, “जे भयो भयो, यसका कारक पक्ष के हो ? निर्भिक र निर्मम समीक्षा गर्दै यही विन्दुबाट पार्टी पुनर्जागरण, सशक्तिकरण र रुपान्तरणका लागि एकता, संस्थागत नवीनता र चिन्तनमा लागौं, अजको आवश्यकता यही हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)