जलवायु वित्तका लागि पर्वतीय कूटनीति- मानव सभ्यता र सामाजिक न्यायको साझा मार्ग
lokaantar.com

नेपालको पहिचान केवल हिमाल भएको देशका रूपमा मात्र होइन, हिमाली सभ्यता, जलस्रोत, जैविक विविधता र समग्र दक्षिण एसियाको पर्यावरणीय सन्तुलनको महत्त्वपूर्ण आधारका रूपमा स्थापित छ ।
हिमालयबाट बग्ने नदीहरूले नेपाल मात्र होइन, भारत, बंगलादेश र चीनसहित दक्षिण एसियाका करोडौं मानिसको पानी, कृषि, ऊर्जा, खाद्य सुरक्षा र अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा निर्देशित गर्छन् । तर विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिन थालेका तीव्र परिवर्तनले यो अद्वितीय प्राकृतिक सम्पदालाई अवसरसँगै गम्भीर जोखिममा परिणत गरिरहेका छन् । हिमनदी पग्लिने क्रम, हिमतालको विस्फोटनको खतरा, अतिवृष्टि, पहिरो र आकस्मिक बाढीका घटनाले हिमाली समुदाय र भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुर्याइरहेका छन् । यस्तो अभूतपूर्व संकटको घडीमा नेपालको परम्परागत, रक्षात्मक र मानवीय अपिलमा मात्र सीमित कूटनीतिलाई अझ व्यापक बनाउँदै ‘जलवायु न्यायमा आधारित वित्तका लागि पर्वतीय कूटनीति’लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिको मुख्य प्राथमिकताका रूपमा अघि बढाउनु अपरिहार्य भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)