नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन र ब्रिज इन्टरनेशनलबीच सहकार्य
neplays.com · Sun May 31 12:36:43 GMT 2026
काठमाडौं। नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (एनएसएसएफ) र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन प्रालि (बिआइसिएम) बीच विद्यालय खेलकुद तथा उच्च शिक्षाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यक्रम आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै खेल विकाससँगै विश्वविद्यालयमा छात्रवृत्तिका लागि सहकार्य गरेका हुन्। उक्त समझदारीपत्रमा नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका तर्फबाट महासचिव राजकुमार कार्की र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन प्रालिका तर्फबाट निर्देशक भुवन गिरीले प्रतिनिधित्व गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)