सडकमा स्टन्ट, ट्रमामा घाइते : युवाको जीवन जोखिममा
sutranews.com · Wed Sep 16 07:19:00 GMT 2026

मोटरसाइकल दुर्घटनामा परी बर्सेनि सयौँ युवाले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुईपांग्रे सवारीबाट हुने गरेका छन् र यसमा सबैभन्दा बढी युवा उमेर समूहले ज्यान गुमाइरहेको छ । यो तथ्याङ्कले ट्रमा सेन्टरमा आउने सडक दुर्घटनाका घाइतेमध्ये ५० प्रतिशत घटना मोटरसाइकल दुर्घटनाका बिरामी आउने गरेको देखाउँछ । नेपालमा राजनीतिक बेरोजगारीको संख्या अहिले ह्वात्तै बढेको छ । यसले युवा पलायनको जोखिम त छँदैछ, त्यसमाथि नेपालमा रहेका युवाहरूको बाइकमा यसरी दुर्घटना हुनुले हामीले लिएको शिक्षा, हामीमा भएको संस्कार, हामीले गरेको र सिकेको राजनीति र हामीले चाहेको
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)