बेलायतमा पनि बढ्दै छ ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण
ratopati.com
कोरोना महामारीमा थप शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण बेलायतमा पनि तीव्र रुपमा बढ्न थालेको छ । गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको तथ्याँकले देखाएको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म २ हजार ३२३ मा उक्त भाइरसको पुष्टि भइसकेको छ ।
गएको बिहिबार एक हजार ३१३ जनामा संक्रमण पुष्टि भएकोमा अहिले सो संख्या एक हजारभन्दा बढी वृद्धि भएको छ । हाल बेलायतका झन्डै ८६ वटा काउन्सिलमा ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण फैलिएको छ । पहिलाको तुलनामा ज्यादा संक्रामक रहेकोले विज्ञहरुले समयमै सावधानी अपनाउन चेतावनी दिएका छन् । इन्डियन कोभिड भेरिएन्ट ‘केन्ट स्ट्रेन’ भन्दा पनि ५० प्रतिशत बढी संक्रामक हुने उनीहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)