बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा
kendrabindu.com · Wed Jun 24 08:07:43 GMT 2026

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ ।
२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको उक्त स्टोर मर्मत तथा पुनर्निर्माणपछि बुधबारदेखि पुनः ग्राहकका लागि खुला गरिएको हो ।
आगलागीका कारण ठूलो क्षति व्यहोरेको स्टोरलाई पुनर्निर्माण गरी आजबाट नियमित सेवा सञ्चालनमा ल्याइएको छ । स्टोर पुनः सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले सहज रूपमा सेवा लिन सक्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ