शिक्षामन्त्री पोखरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी
gorkhapatraonline.com · Wed Jun 24 08:13:00 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो । केन्द्रीय सदस्यका प्रत्यासी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहनुभएको छ भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)