होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र
gorkhapatraonline.com · Wed Jun 24 08:15:54 GMT 2026

स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सियल टाइम्स (एफटी)ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।
एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपुर्ण जलमार्गको बन्दले बिमा कम्पनीका लागि जाँच केन्द्रमा जोखिम वहनको ढाँचा परिवर्तन गरेकोसमेत जनाइएको छ । संयुक्त राज्य अमेरिका र इरानबिच सम्झौता घोषणा भएर स्ट्रेट अफ होर्मुज खोल्ने निर्णयपछि ढुवानी यातायात बिस्तारै सहज भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)