न्याम्सले आगामी शैक्षिक सत्रदेखि एमबिबिएस विषय पढाउने
farakdhar.com · Sun May 05 17:26:06 UTC 2024

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आगामी आर्थिक वर्षदेखि एमबिबिएस पढाउने भएको छ । प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. भूपेन्द्रबहादुर बस्नेतले आगामी आवदेखि एमबिबिएस कार्यक्रम सुरु गर्ने तयारी गरिएको बताए ।
‘हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्तिको अधिकतम उपयोगका साथै देशलाई आवश्यक चिकित्सक उत्पादन गर्न पनि हामीले आगामी आवबाट एमबिबिएस कार्यक्रम सुरु गर्ने तयारीमा छौँ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)