ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
nepalnews.com · Wed Sep 16 07:26:36 GMT 2026

मुस्ताङ। जलवायु परिवर्तन सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना पूरा भएको छ। जलवायु परिवर्तनको असरबाट नेपाल मात्र नभई विश्व नै प्रभावित भइरहेका बेला भएको सम्मेलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट समेत निकै चासोका साथ हेरिएको छ। गत वर्षकै भदौ अन्तिममा गरिन लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ जेन–जी आन्दोलनका कारण स्थगित गरिएको थियो।
जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको हिमाली जिल्ला मुस्ताङमा उक्त सम्मेलन गर्नैपर्छ भन्ने जिल्लावासी र घरपझोङ पालिकाका जनप्रतिनिधिको एकै मतका कारण सम्मेलन सम्भव भएको हो। सम्मेलन जलवायु संकटका मुद्दा उठान गर्ने मञ्च मात्रै थिएन, यसले मुस्ताङमा एकैसाथ सातै प्रदेशका सयौं स्थानीय तहका जनप्रतिनिधिलाई एउटै मञ्चमा उतार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)