माइतीघरमा धर्नामा बस्नेले राखेको टेन्ट प्रहरीले हटायो
annapurnapost.com · Wed Sep 16 07:17:28 GMT 2026

काठमाडौं : काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ। बुधबार बिहानै लामो समयदेखि धर्नामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएपछि उक्त सडक सूचारु भएको हो।
सडकमा नै टेन्ट राखेर निरन्तर धर्ना दिदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)