मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अद्यावधिकको नाममा सदस्यता खारेज गर्ने निर्णय अलोकतान्त्रिक भएको आरोप

rajdhanidaily.com · Wed Jun 24 08:18:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापतिले झापामा आयोजित एक कार्यक्रममा क्रियाशील सदस्यता अद्यावधिक नगरेका व्यक्तिहरू पार्टीको सदस्य नरहने अभिव्यक्ति दिएको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

महामन्त्री थापाले सदस्यता अद्यावधिक नगरेका व्यक्तिहरूको नाम वडा अधिवेशनदेखि माथिल्लो तहसम्मको निर्वाचन प्रक्रियामा समावेश नहुने तथा आगामी १५औं महाधिवेशनमा सहभागी हुन नपाउने बताएका थिए । उनका अनुसार अद्यावधिक नभएका सदस्यलाई पार्टीको प्रणालीले समेत नचिन्ने अवस्था रहनेछ।

यस विषयमा पार्टीभित्रका केही नेता तथा कार्यकर्ताले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले लामो समयदेखि पार्टीमा योगदान पुर्‍याएका, आफ्नो जीवन, ऊर्जा तथा संघर्ष समर्पण गरेका नेता–कार्यकर्ताको सदस्यता खारेज गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको विपरीत भएको नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आरोप लगाएका छन् ।

असन्तुष्ट पक्षले पार्टीमा एकलौटी निर्णय, फरक विचारप्रति असहिष्णुता तथा अद्यावधिक प्रक्रियालाई राजनीतिक रूपमा प्रयोग गरेर सदस्यता व्यवस्थापन गर्न खोजिएको उनको आरोप छ । उनका अनुसार पार्टीभित्र फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने वा वैकल्पिक धारणा प्रस्तुत गर्ने कार्यकर्तालाई निषेध गर्ने प्रयास भइरहेको छ ।

नेपाली कांग्रेस कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभएको उल्लेख गर्दै पार्टी लोकतान्त्रिक अभ्यास, बहस र विचारको प्रतिस्पर्धाबाट सञ्चालन हुनुपर्ने शाहीले बताएका छन् । फरक विचार राख्ने कार्यकर्तामाथि दबाब सिर्जना गर्ने तथा सदस्यता खारेजको चेतावनी दिने प्रवृत्तिले पार्टीको लोकतान्त्रिक चरित्र कमजोर बनाउने उनको तर्क छ।

यसैबीच, सदस्यता अद्यावधिक नगरेका कारण समस्यामा परेका, अन्याय महसुस गरेका तथा पार्टीभित्र उपेक्षित बनेका कार्यकर्तालाई एकजुट हुन शाहीले आह्वान गरेका छन् । असन्तुष्ट समूहले पार्टीभित्रै रहेर लोकतान्त्रिक अधिकार, विचारको स्वतन्त्रता र संगठनात्मक न्यायका लागि संघर्ष जारी राख्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

निराश भएर पार्टी त्याग्नेभन्दा पनि नयाँ ऊर्जा, जागरूकता र साहसका साथ संगठनभित्रै सुधारको अभियान अघि बढाउनुपर्नेमा जोड शाहीले जोड दिएका छन् ।

सम्बन्धित समाचार

विपक्षीको अवरोध हटेपछि प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन

अर्थमन्त्रीले संसद्लाई धम्क्याए : पूर्वअर्थमन्त्री पुन

परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

राप्रपाको महाधिवेशन मंसिर २६–२८ गते

सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)