तल्लो भेगका भौंतारिँदै हिमचितुवा
annapurnapost.com · Wed Jun 24 08:12:35 GMT 2026

गोरखा : उत्तरी गोरखामा हिमचितुवा औसत उचाइभन्दा तल्लो क्षेत्रमा भौंतारिरहेको छ। समुद्री सतहदेखि २५०० मिटरदेखि २८०० मिटर उचाइका जंगल तथा स्याउ बँगैचामा हिमचितुवा भौतारिरहेको स्थानीय किसानहरूले भेट्ने गरेका हुन्।
‘केही दिनदेखि हिमचितुवा हाम्रो स्याउ फर्ममा आउने गरेको छ’, चुमनुब्री–२ ल्होका विशाल मनास्लु कृषि फर्म तथा अध्ययन केन्द्रका सञ्चालक छिरिङ धार्के लामा भन्छन्, ‘हाम्रो फर्म करिब २८०० मिटर उचाइमा छ।’ २५०० मिटर उचाइमा अवस्थित नाम्रुङको जंगल र बारीतिर पनि हिमचितुवा चाहार्ने गरेको त्यहाँका स्थानीय किसानहरूलाई उद्धृत गर्दै उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)