आईपीएल २०२७ को अक्सन भारतमै हुने
ratopati.com · Wed Sep 16 07:31:07 GMT 2026
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२७ सिजनका लागि हुने खेलाडी लिलामी (अक्सन) भारतमै आयोजना गर्ने निर्णय गरेको छ । मंगलबार (सेप्टेम्बर १५) बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले आगामी सिजनको सानो लिलामी (मिनी अक्सन) भारतमा गर्ने निर्णय गरेको हो ।
पछिल्ला केही वर्षदेखि आईपीएलको लिलामी भारतबाहिर हुँदै आएको थियो । सन् २०२३ मा कोचीमा भएको लिलामीपछि पछिल्ला संस्करणका लिलामी दुबई, जेद्दा र अबुधाबीमा आयोजना भएका थिए । तर, यसपटक बीसीसीआईले लिलामीलाई भारतमै फर्काउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)