ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी
khabarhub.com · Wed Sep 16 07:34:27 GMT 2026

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप युरोपेली सङ्घ (ईयू) र क्यानाडाले कृत्रिम बौद्धिकता (एआई), ऊर्जा, महत्त्वपूर्ण खनिज, रक्षा तथा व्यापारलगायत रणनीतिक क्षेत्रमा सहकार्य विस्तार गर्ने तयारी गरेका छन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार युरोपेली संसद्मा वार्षिक सम्बोधनका क्रममा क्यानाडासँगको सम्बन्ध थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राख्ने कार्यक्रम छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी विशेष अतिथिका रूपमा सम्बोधनमा सहभागी हुनुहुनेछ। इयुको यस्तो वार्षिक सम्बोधनमा सहभागी हुने उनी पहिलो विदेशी सरकार प्रमुख हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)