जोर्तीघाटमा झोलुङ्गे पुल निर्माण : तीन जिल्लाका स्थानीयलाई सहज
ratopati.com · Sun May 31 12:54:44 GMT 2026

खोटाङ । दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका-१४ लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको हो।
जोर्तीघाटमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई सहज रूपमा आवागमन गर्ने वातावरण बनेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताइन्। “पुलले पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । पुल सञ्चालनसँगै खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयलाई आवतजावतमा सहज भएको छ”, उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)