श्रीलङ्काविरुद्धको खेलमा नेपालको अग्रता
rajdhanidaily.com · Sun May 31 12:52:07 GMT 2026
काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत श्रीलङ्काविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ ।
भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले श्रीलङ्कामाथि एक शून्यको अग्रता बनाएको हो । नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरिन् । पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै रस्मिले गोल गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)