मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने

nepalviews.com · Wed Jun 24 08:27:29 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा तातो हावा चल्ने पूर्वानुमान गरेको छ ।

आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्न सक्ने भएकाले महाशाखाले सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले देशका हिमाली तथा पहाडी भेगमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जानकारी दिए । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावनाका साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना रहेको उनले बताए ।

नेपालमा यस वर्षको मनसुन असार ५ गते कोशी प्रदेशबाट भित्रिएपनि हाल मनसुन कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभाग विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय