जटिल प्रसूति समस्यामा परेकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार
himalpress.com · Wed Jun 24 08:26:40 GMT 2026

काठमाडौँ- जटिल प्रसूति समस्यामा परेकी कालीकोटकी एक महिलाको नेपाली सेनाले हवाई उद्धार गरेको छ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको गर्भवती तथा सुत्केरी महिलाका लागि रहेको हवाई उद्धार कार्यक्रममार्फत असार ९ गते उद्धार गरिएको हो।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-३ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल, सुर्खेत पुर्याइएको सेनाले जनाएको छ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत आवश्यकताअनुसार हवाई उद्धार गरिँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)