प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
nepalnews.com · Wed Sep 16 07:34:59 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन्। प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नाका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उनलाई अनुरोध गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)