संन्यास घोषणा गरेका मेस्सीलाई फेरि अर्जेन्टिनाको टोलीमा किन बोलाइयो ?
kalakarmi.com · Wed Sep 16 07:11:57 GMT 2026
काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीलाई आगामी मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ । उनलाई घरेलु मैदानमा समर्थकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने अवसर मिल्ने भएको छ ।
अर्जेन्टिनाको फुटबल संघ (एएफए) का अनुसार अर्जेन्टिनाले सेप्टेम्बर ३० मा बोलिभिया, अक्टोबर ३ मा बुर्किना फासो र अक्टोबर ६ मा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यीमध्ये अक्टोबर ६ को खेलमा मेस्सी, रोड्रिगो डे पाउल र जियोभानी लो सेल्सो सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)