उदयपुरको अधेरीमा हाइस दुर्घटना, १७ जना घाइते
gorkhapatraonline.com · Wed Sep 16 07:35:28 GMT 2026

मदन भन्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका –७ स्थित अधेरीमा सडक दुर्घटना हुँदा १७ जना यात्रुहरु घाइते हुनुभएको छ। उदपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५६३७ नम्बरको हाइस् र विपरीत दिसाबाट आउँदै गरेको ना ७ ख ३९१ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोकिदा सो दुर्घटना भएको हो।
सो दुर्घटनामा परेर घाइते हुनेहरुमा गोरखा काठमाडौ जिल्ला चन्द्रागिरी नपा १४ का ५६ वर्षकि इन्दिरा श्रेष्ठ, मोरङ्ग जिल्ला सुन्दरहरैचा बस्ने २७ वर्ष कि पवित्रा भट्टराई, काठमाडौं जिल्ला चन्द्रागिरी नपा १४ बस्ने ४८ वर्षीया रुकमाया श्रेष्ठ, सोही ठाउँका ५३ वर्षीया पविला श्रेष्ठ हुनुहुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)