लिङदेनलाई बागमती संसदीय दलको चेतावनी- २४ घन्टाभित्र अभिव्यक्ति पुष्टि गर्नुस् वा माफी माग्नुस्
nepalpress.com · Wed Sep 16 07:39:10 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती संसदीय दलले धुम्बाराहीस्थित पार्टी कार्यालयमा आएर ज्ञापनपत्र बुझाएको छ । पार्टीबाट निलम्बित संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले विभिन्न मागहरुसहितको ज्ञापनपत्र महामन्त्री राजेन्द्र गुरुङलाई बुझाएको हो ।
बाग्मती संसदीय दलले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अभिव्यक्तिमा आपत्ति जनाउनुका साथै आफूहरूमाथि कारबाहीको आधार प्रस्तुत गर्न चुनौती दिएको छ । ज्ञापनपत्रमा बाग्मती पर्देशका सांसदहरु ‘बिकेको’ भन्ने आरोपको प्रमाण सार्वजनिक गर्न माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)