यमनमा फेरि युद्धको संकेत
annapurnapost.com · Wed Sep 16 07:33:48 GMT 2026

साउदी अरब : यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको संघर्ष पुनः चर्किएको छ, रणनीतिक महत्त्वको ताइज क्षेत्रमा भीषण भिडन्त हुँदा लामो समयदेखि तुलनात्मक रूपमा सुस्त रहेको यमन युद्ध फेरि पूर्ण सैन्य टकरावतर्फ उन्मुख भएको संकेत देखिएको छ ।
पछिल्लो दुई हप्तामा ताइज, पश्चिमी तट, अल–जौफ, मारिब र धालेआमा भएको लडाइँमा कम्तीमा १ सय ९४ जनाको मृत्यु र ८ सय ८० जना घाइते भएको सहायता संस्थाहरूले जनाएका छन् । सरकारी सेनाका अनुसार ताइजका विभिन्न मोर्चामा हुथीको अग्रसरतालाई रोक्दै सेनाले पश्चिमी ताइजतर्फ दबाब बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)