मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने

ratopati.com · Wed Jun 24 08:29:35 GMT 2026

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको छ ।

विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण बनाउन वार्म लाइट जडान गर्न गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार सरकारको नीति तथा कार्यक्रममा समेत धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थानहरूलाई संरक्षण गर्ने राष्ट्रिय नीति अनुरूप पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण गर्न लागेको छ ।

विश्व सम्पदा सूचीमा अहिले जडान गरेका लाइटले सम्पदाको सौन्दर्यीकरण नदेखिएको भन्दै सम्पदा सुहाउँदो वार्म लाइट जडान गरिने केही दिनअघि सञ्चारकर्मीहरूसँगको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरणमा नेपाल विद्युत् प्राधिकरणले ध्यान दिनुपर्ने बताए । ‘पर्यटक आउने सम्पदा क्षेत्रमा सेतो उज्यालो दिने एलइडी र सिएफएल बत्ती बालिराखेको छ । प्राधिकरणले सम्पदा क्षेत्रमा त्यहाँको स्वरुप सुहाउँदो वार्म लाइट (पहेँलो र न्यानो उज्यालो दिने बत्ती) जडान हुन्छ,’ मन्त्री श्रेष्ठले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)