उदयपुरमा ट्रक र यात्रुवाहक माइक्रो ठोक्किँदा १७ जना घाइते
onlinekhabar.com · Wed Sep 16 07:36:29 GMT 2026

३१ भदौ, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका –०७ अधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा ठक्कर खाँदा हायस चालकसहित १७ जना घाइते भएका छन् ।
बुधबार बिहान १०:०० बजेको समयमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)