दलित बस्ती नै साहूको नाममा
annapurnapost.com · Wed Jun 09 05:42:00 GMT 2021
गोरखा : गोरखा नगरपालिका–६ ढाँडगाउँका मनबहादुर गुरुङ गत फागुन २४ गते बसाईसराइको प्रमाणपत्र बनाउन पुरानो थलो मुच्चोक जानुपर्ने भयो। तर, बाटो खर्च नभएपछि गुरुङले स्थानीय चिनीमाया कुँवरलाई ३ हजार रुपैयाँ सापट मागे। त्यसबापत उनले श्रीमती कृष्णदेवी विकको नाममा रहेको लालपुर्जा बन्धक राख्नुपर्यो।
सोही ठाउँका कुलबहादुर विकलाई भूकम्पमा भत्किएको घर बनाउँदा–बनाउँदै शौचालय बनाउन पैसा पुगेन। लालपुर्जा राखेर ३६ प्रतिशत ब्याजमा ऋण लगानी गर्दै आएका बुङ्कोट घर भई हरमटारी बस्ने पूर्णकुमार श्रेष्ठसँग ५० हजार रुपैयाँ सापट लिए। त्यसबापत कुलबहादुरले श्रेष्ठलाई एक कित्ता जग्गा मालपोतमा गई राजीनामा पास गरेर दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)