आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने २ जना पक्राउ
rajdhanidaily.com · Sun May 31 13:07:48 GMT 2026

काठमाडौं । सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली लुटपाटमा संलग्न अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश कार्की र विष्णु गुरुङ हुन् । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई समेत खुर्सानीको धुलो आँखामा हाली भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
बूढानीलकण्ठ–३ चपली बस्ने ४० वर्षीय कार्कीसँग लुटपाट गरेको सिक्री, मोबाइल थान १ र खुकुरी थान १ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी इलाम घर भइ विभिन्न धर्मशालामा ३१ वर्षका गुरुङलाई समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)