मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तोसिमाको उम्मेदवारी  जोगाउने आदेश खारेजीको माग

nayapatrikadaily.com · Sat Nov 05 00:23:00 GMT 2022

निर्वाचन आयोगले ललितपुर ३ की प्रतिनिधिसभा उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरुद्ध सर्वाेच्च अदालतमा भ्याकेट निवेदन दिएको छ । अदालतको अन्तरिम आदेशको सूचना शुक्रबार पाएको आयोगले चित्त नबुझेको भन्दै खारेज गरिपाऊँ भनी शुक्रबारै सर्वाेच्चमा भ्याकेट निवेदन दर्ता गराएको हो ।

मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पदभित्र पर्ने ठहर गर्दै १२ कात्तिकमा डा. कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न र उम्मेदवारी कायम गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन १५ कात्तिकमा सर्वाेच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)