बुबालाई जेलमै ‘मार्ने’ षड्यन्त्र भइरहेको इमरान खानका छोराहरूको दाबी
lokaantar.com

पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरूले पाकिस्तानका शक्तिशाली सेना प्रमुखले आफ्ना थुनामा रहेका बुबासँग ‘व्यक्तिगत बदला’ साँधिरहेको गम्भीर आरोप लगाएका छन्। कारागारको कठोर अवस्थालाई लिएर अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला उनीहरूले आफ्नो बुबालाई जेलमा ‘बिस्तारै मार्ने’ प्रयास भइरहेको शंका व्यक्त गरेको ‘द गार्डियन’को रिपोर्टमा उल्लेख छ ।
समाचारअनुसार इमरान खानका छोराहरू २७ वर्षीय कासिम खान र २९ वर्षीय सुलेमान खान २०२३ देखि रावलपिंडीको अदियाला जेलमा सजाय काटिरहेका आफ्ना बुबाको रिहाइका लागि आवाज उठाइरहेका छन्। उनीहरूले विगत ६ महिनाभन्दा बढी समयदेखि बुबासँग कुरा गर्न नपाएको तथा लबी गर्न बेलायतबाट पाकिस्तान जान समेत रोक लगाइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)