असोज महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?
ajakoartha.com · Wed Sep 16 07:56:00 GMT 2026

काठमाडौं– वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा निक्षेपको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत ४।०८९६ प्रतिशतमा झरेको छ। भदौमा यस्तो औसत ब्याजदर ४.१३६० प्रतिशत थियो। यसरी एक महिनामै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ०.०४६ प्रतिशत बिन्दुले घटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)