पुल बनेपछि आवतजावत सहज
ratopati.com · Wed Jun 24 08:47:37 GMT 2026

कैलाली । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहज भएको छ ।
वर्षौँदेखिको डुङ्गाको सवार यस वर्षबाट सधैँका लागि बन्द भएको छ । सम्झौता भन्दा दुई महिना अगाडि नै पुलको काम सम्पन्नको चरणमा पुगेको छ । “टीकापुर हाम्रा लागि नजिकको बजार बनेको छ”, गेरुवा गाउँपालिकाकी शान्ती चौधरीले भनिन्, “कामको खोजीका लागि टीकापुरसम्म पुग्न समस्या हुनेछैन ।” उहाँले पारिवारिक सम्बन्धका हिसाबले पनि गेरुवा र टीकापुरको नजिक भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)