पर्यटन बोर्ड र टिकटकद्वारा कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना
onlinekhabar.com · Wed Jun 24 08:42:36 GMT 2026

१० असार, काठमाडौं । टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी)सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीलाई कन्टेन्ट क्रिएसन र डिजिटल स्टोरी टेलिङसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरेको छ ।
भिजिट नेपाल नाम दिइएको यस पहलमार्फत नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ । यसले पर्यटकलाई देशभरी रहेका चर्चित गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर ठाउँहरूको बारेमा पनि जानकारी दिन सहयोग पुग्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ