मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको दाबी : युद्ध अन्त्यसम्बन्धी सम्झौता अमेरिकाको पराजयको संकेत

nepalbahas.com · Wed Jun 24 08:41:08 GMT 2026

इरानको दाबी : युद्ध अन्त्यसम्बन्धी सम्झौता अमेरिकाको पराजयको संकेत

१० असार, काठमाडौं । इरानले अमेरिका र इजरायलसँगको युद्ध अन्त्यका लागि भएको सम्झौतालाई अमेरिकाको पराजयको घोषणासरह भएको दाबी गरेको छ।

इरानी वार्ता टोलीका प्रमुख मोहम्मद बागेर गालिबाफले अजरबैजानमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै युद्ध अन्त्यसम्बन्धी इस्लामाबाद समझदारी इरानी जनताको प्रतिरोध र दृढ अडानको परिणाम भएको बताएका हुन्।

इरानी सरकारी टेलिभिजनबाट प्रसारित सम्बोधनमा गालिबाफले उक्त सम्झौता कुनै दबाब वा जबरजस्तीको परिणाम नभएको जिकिर गरे। उनले इरानले आफ्नो राष्ट्रिय अधिकार र सार्वभौमिकताको रक्षाका लागि देखाएको प्रतिरोधकै कारण समझदारी सम्भव भएको दाबी गरे।

“इस्लामाबादको समझदारी दबाब र जबरजस्तीको परिणाम थिएन, बरु बहादुर इरानी राष्ट्रको प्रतिरोध र अधिकारको परिणाम थियो,” गालिबाफले भने, “त्यसैले यो समझदारी अमेरिकाको पराजयको घोषणा बनेको छ।”

गालिबाफको अभिव्यक्ति युद्धविरामपछि इरानले आफ्नो राजनीतिक र कूटनीतिक जितको सन्देश दिन खोजेको रूपमा हेरिएको छ। यद्यपि अमेरिका र इजरायलले इरानको यस दाबीबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

युद्ध अन्त्यपछि पनि क्षेत्रीय सुरक्षा, आणविक कार्यक्रम तथा मध्यपूर्वको बदलिँदो शक्ति सन्तुलनका विषयमा सम्बन्धित पक्षहरूबीच मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।

विदेश

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

तेहरान स्थित भारतीय दूतावासद्वारा सुरक्षा चिन्ताका कारण इरानको यात्रा नगर्न चेतावनी जारी

असार १०, २०८३ बुधबार

कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला संक्रमण पुष्टि: डब्ल्यूएचओ

असार १०, २०८३ बुधबार

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

असार १०, २०८३ बुधबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

नेपालबहस संवाददाता

असार ९, २०८३ मंगलबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

Tweets by nepalbahas

लोकप्रिय

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

असार ९, २०८३ मंगलबार

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

असार ९, २०८३ मंगलबार

नुनो मेन्डेसको शानदार फ्री–किक गोलमा पोर्चुगल २–० ले अगाडि

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

गगन थापाको भनाइप्रति शाहीको टिप्पणी, कांग्रेस कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन

असार १०, २०८३ बुधबार

इरानको दाबी : युद्ध अन्त्यसम्बन्धी सम्झौता अमेरिकाको पराजयको संकेत

असार १०, २०८३ बुधबार

कुहिरोसँगै देखिएको भोर्लेटार बजार

असार १०, २०८३ बुधबार

सचिवस्तरका सल्लाहकार र स्वकीय सचिवालयप्रति केसी आक्रोशित, भने– ‘सुशासनमाथि प्रहार’

असार १०, २०८३ बुधबार

सहकारी ठगी प्रकरण : महानगरको सहकारी विभागमा ६ हजार बढीले रकम फिर्ताका लागि दिए निवेदन

असार १०, २०८३ बुधबार

स्थानीय तह निर्वाचनको पूर्वतयारीमा आयोग, तीन महिनामा थपिए १ लाख ८१ हजार नयाँ मतदाता

असार १०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय