मध्यरात आर्यघाटमा नाङ्गै नाच्नेहरू को हुन् ? अनुसन्धान गर्दै प्रहरी
nepalpress.com · Wed Jun 24 08:49:16 GMT 2026

विराटनगर । विराटनगरस्थित परोपकार श्मशान घाटमा मध्यरातमा अश्लील गतिविधि गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
२ दिनअघि राति करिब साढे १२ बजे घाटमा केही युवा निर्वस्त्र भेला भई होहल्ला गरेको भिडिओ सार्वजनिक भएको थियो । टाउकोमा कालो फेटा बाँधेका उनीहरू घाटमा शव जलाउन चिता बनाउने ठाउँमा आगो बाल्दै उनीहरूबीच वादविवाद र धकेलाधकेल चलिरहेको भिडिओमा देखिन्छ ।
हो-हल्लापछि गएर सोधीखोजी उनीहरूले उल्टै दुर्व्यवहार गरेको स्थानीयले बताएका छन् ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरी रामधुनी नगरपालिका-६ का २५ वर्षीय कैलाश ढुङ्गाना, भोजपुर रामप्रसाद राई गाउँपालिका-६ का १८ वर्षीय मानिष काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छविलाल घिमिरे छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घाट क्षेत्रमा केही व्यक्तिहरू भेला भई अश्लील हर्कत गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । उनीहरू चारैजनामाथि हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)