मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मेस्सीको खेल हेर्न अमेरिका जाँदैछन् अनमोल

barnanmedia.com · Wed Jun 24 08:41:18 GMT 2026

काठमाडौँ । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न आज अमेरिका जाँदैछन् । आउँदो शनिबार हुने अर्जेन्टिना र जोर्डनबीचको खेललाई रंगशालामै पुगेर हेर्ने उनको तयारी छ ।

अनमोलले आफू एक्लै अमेरिका जान लागेको बताए । अर्जेन्टाइन स्टार लियोनल मेसीका प्रशंसक समेत रहेका अनमोलले मिलेसम्म अन्य खेल पनि हेर्ने बताए ।

अर्जेन्टिनाले आइतबार बिहान ७ बजेर ४५ मिनेटमा जोर्डको सामना गर्दैछ । यो खेल टेक्सासको ड्यालस रंगशालामा खेलिँदैछ । ड्यालस नेपाली समुदायको उच्च बसोबास रहेको थलो हो ।

‘मेरो परिवार म्याराडोनाको प्रशंसक थियो । मेरो पुस्तामा म चाहिँ मेस्सीको प्रशंसक हुँ’ अनमोलले भने, ‘पहिल्यै देखि नै स्टेडियममै गएर म्याच हेर्ने योजना थियो । सोहीअनुसार जान लागेको हुँ ।’ सकेसम्म आफू क्वार्टरफाइनल चरणसम्मका खेलसम्म अमेरिकामै हुने अनमोलले बताए ।

केही दिनअघि अनमोलले ‘बाटुलो जून’ फिल्मको छायांकन सकेका छन् । झन्डै २० दिन अमेरिकामा बसेर अनमोल स्वदेश फर्किनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय