बाढी–पहिरोका कारण देश सङ्कटमा, सरकार मौन बस्न मिल्दैन : सांसद केसी
ratopati.com · Wed Sep 16 08:00:25 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको नुवाकोटमा आएको विनाशकारी बाढी–पहिरोका कारण देशमा गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो पटक आएको बाढीले हजारौँ नागरिकको जनधनको क्षति पुर्याएको र दशौँ हजार नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गरे।
उनले सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै भने, ‘बाढी–पहिरोको यो कठिन घडीमा हामी सम्पूर्ण एकताबद्ध भई पीडितहरूको उद्धार र राहत कार्यमा जुट्नुपर्ने हो। तर, सरकारको मौनताले पीडितहरूको घाउमा नुन चुक छर्कने काम गरेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)