बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख
nepalnews.com · Wed Sep 16 08:01:01 GMT 2026

सुनसरी। बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्। दुई वर्षअघि कुवेतबाट नेपाल फर्किएर ५० हजार रुपैंयाँ लगानीमा कृषि पेसा सुरु गरेका उनले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन्।
‘‘पहिले बारी बाँझो हुन्थ्यो। घरमा काम गर्ने मान्छे हुँदैनथे। थोरै खेतमा धान र मकै खेती गरिन्थ्यो। खानका लागि पुग्थ्यो। तर नगद पैसा हात पर्दैनथ्यो’’, चन्द्रवंशीले भने। “नेपालमा जागिर खाँदा कमाइ थोरै थियो। अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन। अहिले तरकारी खेतीबाट राम्रो आम्दानी छ”, उनले सुनाए । अहिले दैनिक तरकारी बिक्री हुने भएकाले आम्दानी नियमित हुने गरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)