गण्डकीका १० जिल्लामा डेंगी सङ्क्रमण तीव्र, बागलुङ र कास्की बढी प्रभावित
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। गण्डकी प्रदेशका १० वटा जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेंगीको सङ्क्रमण पुष्टि भएका छन्। प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार मनाङमा भने यस वर्ष अहिलेसम्म कुनै पनि डेंगीको सङ्क्रमण देखिएको छैन।
गत जुलाइपश्चात् डेंगी सङ्क्रमणको दरमा उल्लेखनीय वृद्धि भएको केन्द्रका निर्देशक मनमोहन मिश्रले जानकारी दिएका छन्। उनका अनुसार गत जेठ र असार महिनामा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकोमा साउन महिनामा बढेर सो सङ्ख्या एक हजार २४७ पुगेको थियो। त्यस्तै, भदौ लागेयता मात्रै ३८२ जनामा डेंगीको सङ्क्रमण देखिएको छ भने पछिल्लो एक साता (सेप्टेम्बर ७ देखि १३ भित्र) मात्रै २२८ जना नयाँ बिरामीहरू थपिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)