एनएसएसएफ र ब्रिचबिच सहकार्य
gorkhapatraonline.com · Sun May 31 13:22:54 GMT 2026
नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (एनएसएसएफ) र ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एन्ड माइग्रेसन प्रालि (बिआइसिएम) बिच विद्यालय खेलकुद तथा उच्च शिक्षाको प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित कार्यक्रमबिच आइतबार एनएसएसएफका महासचिव राजकुमार कार्की र ब्रिजका निर्देशक भुवन गिरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा निर्देशक गिरीलाई एनएसएसएफ इन्टरनेसनल डेभलपमेन्ट कमिटी युकेको अध्यक्षमा मनोनयन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)