रास्वपा महाधिवेशनमा मतदानको तयारी, उम्मेदवार नामावली केहीबेरमा सार्वजनिक हुने
aarthiknews.com

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको छ।
निर्वाचन आयोगका अनुसार ९९ केन्द्रीय सदस्य पदका लागि करिब ३५५ जनाले उम्मेदवारी दिएका छन्। केही उम्मेदवारले नाम फिर्ता लिएको कारण अन्तिम संख्या घट्ने भएको आयोगले जनाएको छ।
अन्तिम नामावली सार्वजनिक भएपछि त्यसलाई विद्युतीय मतदान मेसिनमा प्रविष्ट गरी मतदान प्रक्रिया सुरु गरिनेछ। मतदानका लागि ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवार सूची अध्ययन, दाबी–विरोध र प्रणालीमा नाम प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान सुरु हुन अझै दुईदेखि तीन घण्टा लाग्न सक्छ। उनले हाल सबै प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताए।
महाधिवेशनमा प्रतिनिधिका समस्या समाधानका लागि तीन वटा हेल्प डेस्क पनि सञ्चालनमा ल्याइने भएको छ। पहिलो चरणको मतपरिणामपछि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)