एन आई सी एशिया बैंकको ५० हकप्रद शेयर आउँदै, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त
news24nepal.tv · Wed Jun 24 08:57:00 GMT 2026

काठमाडौँ। एन आई सी एशिया बैंक लिमिटेडले २स्१ अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा प्रति शेयर रु. १०० अंकित दरका ७,४५,८७,८३५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यो कुल रु. ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० बराबरको शेयर हुनेछ।
बैंकका अनुसार हकप्रद शेयरबाट संकलित रकम पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात मजबुत पार्न र व्यवसाय विस्तारमा उपयोग गरिनेछ।
सम्झौतापत्रमा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ। अन्य नियामक निकायको स्वीकृतिपछि शेयर निष्काशन प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
१४:४२
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)